Skip to content
LAXMI SUNRISE BANK

सुध्रिँदै अर्थमन्त्री पौडेलको स्वास्थ्य अवस्था, मेयरलाई कस्तो छ ? 

अर्थ सरोकार

काठमाडौँ । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णु पौडेलको स्वास्थ्य अवस्था सुध्रिँदै गएको छ । पोखरा भ्रमण वर्ष २०२५ को उद्घाटनका क्रममा बेलुन विस्फोट हुँदा घाइते भएका अर्थमन्त्री पौडेलको स्वास्थ्य अवस्था सुध्रिँदै गएको हो । 

हाल अर्थमन्त्री पौडेलको किर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भइरहेको छ । 

अर्थमन्त्री पौडेलसँगै पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको पनि सोही अस्पतालमा उपचार भइरहेको छ । बेलुन विस्फोट हुँदा अर्थमन्त्री पौडेलको हातमा र मेयर आचार्यको अनुहारको केही भाग र कपालको केही भाग जलेको थियो । 

हाल दुवैजनाको स्वास्थ्य अवस्थामा सामान्य र सुध्रिँदै गएको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् । दुवै जनालाई सघन उपचार कक्ष (आईसीयु)मा राखेर उपचार भइरहेको अस्पतालले जनाएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK