Skip to content
LAXMI SUNRISE BANK

‘१२ घण्टा काम गर्नुपरेपछि बैंकको जागिर छोड्नेहरु बढे’ 

अर्थ सरोकार

काठमाडौँ । अत्याधिक कामको प्रेसरका कारण बैंकको जागिर छोड्नेहरु बढेका छन् । बैंकमा १२ घण्टा काम गर्नुपर्ने दबाबका कारण पछिल्लो समय बैंकको जागिर छोड्नेहरु बढेका हुन् । 

स्वयम् राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक नरबहादुर थापाले बैंकको जागिर छोड्नेहरु बढेको पुष्टि गरेका छन् । उडान शैक्षिक केन्द्रको कार्यक्रममा बोल्दै थापाले यस्तो बताएका हुन् । उनले १२ घण्टा समय दिएर काम गर्नुपर्ने दबाबका कारण बैंकरहरुले धमाधम जागिर छोडिरहेको बताएका छन् । 

उनले बैंकको जागिर छोड्ने प्रवृत्ति नियन्त्रणका लागि नयाँ प्रविधि र सीपहरुको प्रयोगमा वृद्धि गर्नुपर्नेमा जोड दिएका छन् । उनले परम्परागत बैंकिङलाई परिस्कृत गर्नुपर्ने धारणा राखेका छन् । 

हाल बैंकिङ क्षेत्रमा प्रतिस्पर्धा र चुनौती दुवै बढ्दै गएको उल्लेख गर्दै सोही अनुसार प्रविधि र शैली बदल्नुपर्ने बताएका छन् । 

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK