×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रुडेन्सियल इन्स्योरेन्सले भदौ २६ मा बोलायो वार्षिक साधारणसभा, यस्ता छन् पेस गरिने प्रस्तावहरु

PRIME CA
GLOBAL IME BANK

प्रुडेन्सियल इन्स्योरेन्सले भदौ २६ मा बोलायो वार्षिक साधारणसभा, यस्ता छन् पेस गरिने प्रस्तावहरु

१६ भाद्र २०७७, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्सले वार्षिक साधारणसभा भदौ २६ गते  डाकेको छ । कम्पनीको उक्त सभा रजिष्टर्ड कार्यालय वीरगंज, पर्सामा बिहान ११ बजे हुने भएको छ ।
कम्पनीले यसपटक लगानीकर्तालाई लाभांश भने वितरण नगर्ने भएको छ । कम्पनीले बीमा समितिको प्रावधान अनुसार एनएफआरएस अन्तर्गतको वित्तीय विवरण तयार पार्दा जगेडा कोष तथा अन्य व्यवस्थाहरु कायम गर्नुपर्ने भएकाले लगानीकर्तालाई लाभांश वितरण प्रस्ताव गर्न नसकिएको जनाएको छ ।
उक्त सभामा कम्पनीले विशेष प्रस्ताव मार्फत संस्थापक शेयरधनीहरुको समूहमा ८० प्रतिशतको शेयर स्वामित्व र सर्वसाधारण समूहमा २० प्रतिशतको शेयर स्वामित्व रहेकोमा संस्थापक समूह ८० प्रतिशतबाट घटाई ६० प्रतिशत पुराउने र सर्वासाधारण समूहमा २० प्रतिशतबाट बढाई ४० प्रतिशतमा परिणत गर्ने भएको छ ।
कम्पनीले सभा प्रयोजनको लागि कम्पनीले भदौ १२ गतेदेखि २६ गतेसम्म बुक क्लोज गरेको छ । भदौ ११ गतेसम्म कायम सेयरधनीले सभामा भाग लिन सक्नेछन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: