×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

६ दिनमै बिग्रियो ६ करोड खर्चेर मर्मत गरिएको नेपाल एयरलाइन्सको जहाज, भैरहवामा ग्राउन्डेड

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

६ दिनमै बिग्रियो ६ करोड खर्चेर मर्मत गरिएको नेपाल एयरलाइन्सको जहाज, भैरहवामा ग्राउन्डेड

Artha Sarokar

२२ फाल्गुन २०८१, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । केही दिनअघि मात्रै करोडौँ खर्च गरेर मर्मत गरिएको नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को जहाज फेरि बिग्रिएको छ । ६ दिनअघि चीनबाट मर्मत गरेर ल्याइएको नेपाल एयरलाइन्सको न्यारोबडी जहाज फेरि बिग्रिएको हो ।

हाल उक्त जहाजमा इन्जिनको गति तिव्र हुने समस्या देखिएको छ । उक्त समस्यालाई टेक्निकल भाषामा ओभर स्पिड प्रोटेक्सन भनिन्छ ।

उक्त जहाज चीनबाट ६ करोड ६८ लाख रुपैयाँ खर्च गरेर फाइभ-सि-चेक (मर्मत) गरेर ल्याइएको थियो । बुधबार राति १ सय ४९ जना यात्रु लिएर दुबई उड्नुपर्ने विमानमा समस्या आएपछि उक्त विमान भैरहवामै ग्राउण्डेड गरिएको छ ।

जहाज ग्राउण्डेड भएपछि सो जहाजमार्फत यात्रा गर्ने यात्रुहरुलाई विभिन्न होटलमा लगेर बसाइएको थियो ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी