काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद हरि ढकालले सरकारले कमिसनखोर व्यापारीहरुको पक्षपोषण गरिरहेको आरोप लगाएका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद ढकालले यस्तो आरोप लगाएका हुन् ।
उनले खाना पकाउने ग्यासको कमिसन वृद्धिमा उद्योगमन्त्री नै संलग्न हुँदा उपभोक्ताहरु समस्या परेको बताएका छन् ।
सांसद ढकालले व्यवसायी, ढुवानीकर्ता र बिक्रेताबीच हुने विवादको मार आम उपभोक्ताले खेप्नु परेको भन्दै त्यसतर्फ सरकारको ध्यानाकर्षण गराएका छन् ।
त्यस्तै, हाल सरकार र विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबीचको टसलका बारेमा बोल्दै सांसद ढकालले विद्युतीय चूलो ल्याउने नीति बनाइरहेको कुलमानलाई हटाउन सरकार तयार भएर बसेको पनि आरोप लगाएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्