काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद राजेन्द्र लिङदेनले नेपाल विद्युत प्राधिकरणबाट कुलमान घिसिङलाई हटाएर सरकारलाई अन्याय गर्न नदिने बताएका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै राप्रपाका अध्यक्षसमेत रहेका लिङदेनले यस्तो बताएका हुन् ।
उनले उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्कालाई कुलमानको पछि धेरै नलाग्न पनि आग्रह गरेका छन् ।
उर्जामन्त्रीले संसद् विद्युत प्राधिकरणको आम्दानी र नाफाका विषयमा गलत विवरण सार्वजनिक गरेको भन्दै सांसद लिङदेनले झुठो विवरण देखाएर सहीलाई गलत साबित गर्नतर्फ नलाग्न पनि उर्जामन्त्री खड्कालाई आग्रह गरेका छन् । कुलमानले घाटामा रहेको प्राधिकरणलाई नाफामा पुर्याएको उल्लेख गर्दै उनले कुलमानलाई हटाएर सरकारले व्यवसायीबाट उठाउनुपर्ने बक्यौता छुट दिन खोजेको पनि आरोप लगाएका छन् ।
त्यस्तै, सरकारले गरेको कुलमानलाई स्पष्टिकरण सोध्ने निर्णयका विरुद्धमा खनिँदै सांसद लिङदेनले कुलमानलाई ‘जिरो’ अंक दिने हो भने मन्त्री र सरकारलाई कति नम्बर दिने ? भन्दै संसद्मै प्रश्न उठाएका छन् ।