Skip to content
LAXMI SUNRISE BANK

इसेवामा फेरि समस्या, आजैमात्र ५० हजार बढीले एप अनइन्स्टल गर्ने प्रक्षेपण !  

अर्थ सरोकार

काठमाडौँ । बेलाबेला बिग्रिरहने इसेवामा फेरि समस्या देखिएको छ । सोमबार इसेवाको सिस्टम नै एक्कासि डाउन भएको छ । 

सिस्टम डाउन हुँदा इसेवा नखुल्ने, खुले पनि लगइन नहुने समस्या देखिएको छ । 

एक्कासि इसेवामा समस्या आउँदा इसेवा प्रयोगकर्ता तनावमा परेका छन् । हाल कसैको पनि इसेवा खुलिरहेको छैन । खुलेकाहरुकोबाट पनि भुक्तानी गर्न नमिल्ने, फिचरहरु प्रयाप्त नखुल्ने र वालेटमा भएको पैसा ‘जिरो’ देखाउने समस्या आएको छ । 

इसेवामा एकाएक समस्या आएपछि इसेवा प्रयोगकर्ताहरुले भकाभक इसेवा एप नै अनइन्स्टल गर्न थालेका छन् । आजै मात्र करिब ५० हजार बढीले एप अनइन्स्टल गर्ने स्वयम् इसेवाकै कर्मचारीले प्रक्षेपण गरेका छन् । 

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK