काठमाडौँ । चालु आर्थिक वर्षको ७ महिनामा नौ खर्ब बढी रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार चालु आर्थिक वर्षको सात महिना (माघ मसान्तसम्म)मा नौ खर्ब ५८ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको हो ।
माघ मसान्तसम्म भित्रिएको रेमिट्यान्स गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ७.३ प्रतिशत बढी हो ।
त्यस्तै, अमेरिकी डलरमा रेमिट्यान्स ५.३ प्रतिशतले वृद्धि भएर ६ अर्ब ६५ करोड पुगेको छ । अघिल्लो आर्थिक वर्षमा अमेरिकी डलरमा रेमिट्यान्स १६.४ प्रतिशतले बढेको थियो ।
यता वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या दुई लाख ७४ हजार ६ सय २२ जना रहेको छ । त्यस्तै, पुनः श्रम स्वीकृति लिनेको संख्या एक लाख ९० हजार ८ सय छ । गत आर्थिक वर्षको सोही अवधिमा यस्तो संख्या एक लाख ५७ हजार ४५ थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्