×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

फलामे छड र जालीको मूल्य बढ्यो, निर्माण कार्य झन् महँगियो

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

फलामे छड र जालीको मूल्य बढ्यो, निर्माण कार्य झन् महँगियो

Artha Sarokar

२८ फाल्गुन २०८१, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । तटबन्धनमा प्रयोग हुने ग्याबिन वायर (फलामे तार/जाली) र छडको मूल्य बढेको छ । सिमेन्टको मूल्य बढेपछि उद्योगीहरुले फलामे जाली र छडको मूल्य पनि बढाएका हुन् । 

उपभोक्ता बजारमा बढेको मूल्य अनुसार अब फलामे छडको मूल्य ५ रुपैयाँले बढाएर प्रतिकिलो ८७ रुपैयाँ पुर्याइएको छ । यसअघि फलामे छडको मूल्य प्रतिकिलो ८१/८२ रुपैयाँ रहेको थियो ।

यता ग्याबिन जालीको मूल्य प्रतिकिलो १२ रुपैयाँले बढेको छ । यसअघि प्रतिकिलो १०९ रुपैयाँदेखि ११० रुपैयाँमा बिक्री भइरहेको ग्याबिन जाली अब भने प्रतिकिलो १ सय २२ रुपैयाँ पर्ने भएको छ । यसरी सिमेन्टपछि फलामे छड र जालीको मूल्य बढेपछि निर्माण व्यवसायीहरुले मूल्यमा उद्योगीहरुले कार्टेलिङ गरेको आरोप लगाएका छन् ।

निर्माण कार्यमा अत्यावश्यक फलामे जाली र छडको मूल्य सिजनमै बढ्नुमा सरकारको समेत मिलेमतो रहेको निर्माण व्यवसायीहरुको आरोप छ । छड र जालीको मूल्य थप बढेपछि लामो समयदेखि सरकारबाट भुक्तानी नपाएका निर्माण व्यवसायीहरु महँगीको चपेटामा पर्दा थप मर्कामा पर्ने व्यवसायीहरुले गुनासो गरेका छन् । उनीहरुले निर्माण सामाग्रीमा भएको मुल्यवृद्धिप्रति सरकारको ध्यानाकर्षण समेत गराएका छन् । 

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी