काठमाडौँ । एनसेलले नेपालमा थ्रिजी बन्द गर्ने घोषणा गरेको छ ।
निजी क्षेत्रबाट सञ्चालित दूरसञ्चार कम्पनी एनसेलका प्रमुख कार्यकारी अधिकृत (सिइओ) तथा प्रबन्ध सञ्चालक जाब्बोर कायुमोभले थ्रिजी बन्द गर्ने घोषणा गरेको हो ।
उनले दक्षिण एशियाका धेरै देशमा टूजी र थ्रिजी बन्द गरिसकेको भन्दै सन् २०२५ भित्रै नेपालमा पनि थ्रिजी बन्द गर्ने घोषणा गरेका छन् ।
नेपालमा थ्रिजी बन्द गर्दै पुरानो प्रविधिको साटो नयाँ प्रविधिको विकास गर्ने तयारीमा रहेको कायुमोभले बताएका छन् । उनले सन् २०२५ सम्ममा थ्रीजी र सन् २०२७ सम्ममा टूजी पनि बन्द हुनसक्ने घोषणा गरेका छन् ।