×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

होलीका नाममा ‘जाँड खाने दिवस’ मनाउनेहरुमाथि बिहानैदेखि प्रहरीको निगरानी, युवायुवतीको ‘गतिछाडा’ हर्कत रोकिएन ! (तस्विरहरु)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

होलीका नाममा ‘जाँड खाने दिवस’ मनाउनेहरुमाथि बिहानैदेखि प्रहरीको निगरानी, युवायुवतीको ‘गतिछाडा’ हर्कत रोकिएन ! (तस्विरहरु)

Artha Sarokar

२९ फाल्गुन २०८१, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । रङ्गहरुको पर्व होलीको आफ्नै विशेषता, अनुशासन र मान्यता भए पनि पछिल्ला दिन होलीका नाममा उश्रृङ्खल गतिविधि गर्नेहरु बढेका छन् । खासगरी पछिल्लो पुस्ता होलीका नाममा ‘जाँड’ खाने, नशालु पदार्थको सेवन गर्ने तथा रङ्ग लगाउने बाहनामा विभिन्न उश्रृङ्खल गतिविधिमा सक्रिय छन् । 

अझ काठमाडौँका विभिन्न ठाउँमा बृहत कार्यक्रमको आयोजना नै गरेर होली पर्व मनाउने तयारी गरिएको छ । 

होली पर्व र होलीमा हुनसक्ने उश्रृङखल गतिविधि नियन्त्रण गर्न काठमाडौँ उपत्यकामा बिहानैदेखि सुरक्षा व्यवस्था कडा पारिएको छ । खासगरी होलीका नाममा ‘जाँड खाने दिवस’ मनाउनेहरुमाथि ट्राफिक प्रहरीले बिहानैदेखि निगरानी बढाएको छ । बिहीबार बिहानैदेखि ट्राफिक प्रहरीले काठमाडौँका विभिन्न स्थानमा मापसे चेकिङ गरिरहेको छ । 

बिहानैदेखि प्रहरी चेकिङ तथा सुरक्षा व्यवस्था कडा पारिए पनि युवायुवतीहरुको ‘गतिछाडा’ हर्कत भने रोकिएको छैन । यद्यपि उनीहरुकै कारण आफ्नो नियमित काममा हिँडेका तथा सर्वसाधारण अनावश्यक चेकिङ र केरकारको झमेलामा परेका छन् । बाँकी तस्विरमा हेर्नुहोस्ः 

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी