×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

वैदेशिक रोजगारीका लागि सर्विया पठाउने भन्दै रकम ठगी गर्ने पक्राउ

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

वैदेशिक रोजगारीका लागि सर्विया पठाउने भन्दै रकम ठगी गर्ने पक्राउ

Artha Sarokar

४ चैत्र २०८१, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । वैदेशिक रोजगारीका लागि सर्विया पठाउने भन्दै रकम ठगी गर्ने एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सप्तरी जिल्ला डाक्नेश्वरी नगरपालिका वडा नं. ५ घर भई हाल भक्तपुर जिल्ला मध्येपुर थिमी नगरपालिका वडा नं.  ३ बस्ने २८ वर्षीय विवेक कुमार शाह रहेका छन् ।

उनले बेरोजगार युवा युवतीलाई आकर्षक तलबको प्रलोभनमा पारेर विदेश पठाउने भन्दै पीडितबाट रकम लिएर सम्पर्क विहीन भएका थिए । पीडितले दिएको उजुरीका आधारमा उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यलयबाट खटिएको प्रहरी टोलीले कौशलटारबाट पक्राउ गरेको हो ।

प्रहरीका अनुसार उनले सर्विया पठाउने भन्दै एक जनाबाट २ लाख १५ हजार रुपैयाँ ठगी गरेका थिए । हाल उनलाई पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारवाहीका लागि वैदेशिक रोजगार विभाग पठाईएको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी