काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका सबै बैंक खाता रोक्का भएको छ । ३० मेगावाट क्षमताको चमेलिया जलविद्युत आयोजना निर्माण गरेको पैसा भुक्तानी नगरेपछि बैंकहरुले प्राधिकरणको सबै बैंक खाता रोक्का गरेका हुन् ।
यसो त प्राधिकरणले आयोजना निर्माणको जिम्मा पाएको चिनियाँ कम्पनी सिसिजिसीलाई ८५ करोड रुपैयाँ तिर्नुपर्ने थियो ।
तर, उक्त रकम समयमा भुक्तानी नगरेपछि उच्च अदालत पाटनले पेनाल्टीसहित १ अर्ब ५९ करोड रुपैयाँ क्षतिपूर्ति दिन आदेश दिएको थियो । प्राधिकरणलाई उक्त रकम भुक्तानी गर्न सात दिनको समय दिइएको थियो । तथापि खातामा पैसा नभएका कारण प्राधिकरणले उक्त रकम भुक्तानी गर्न सकेन
समयमा भुक्तानी गर्न नसकेपछि अदालतको आदेश अनुसार प्राधिकरणको सबै खाता रोक्का भएको प्राधिकरणकै एक उच्च अधिकारीले बताएका छन् । खाता रोक्का हुँदा प्राधिकरणले भुक्तानीका लागि काटेका अन्य चेकहरु पनि फिर्ता भएका छन् । योसँगै अदालतको आदेश अनुसार रोक्का भएको प्राधिकरणको बैंक खाता अदालतको आदेशपछि मात्रै खुल्नेछन् ।
प्राधिकरणको बैंक खाता रोक्का भएको विषयलाई लिएर कुलमानलाई विवादित बनाउने र पदबाट हटाउने गरी तयारी सुरु भएको उर्जा मन्त्रालयका एक अधिकारीले बताएका छन् । ‘यसै पनि उर्जामन्त्रीज्यु र कुलमानको सम्बन्ध राम्रो छैन । उर्जामन्त्रीज्यु पहिलेदेखि नै प्राधिकरणबाट कुलमानलाई हटाउने प्रयासमा हुनुहुन्छ । हालसम्म सबै प्रयास फेल भएका छन् ।’, ती अधिकारीले भने, ‘अब फेरि नयाँ बाहना मिलेको छ । फेरि प्रयास हुन्छ भन्नेमा दुईमत नै छैन ।’
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्