काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले लोडसेडिङ नहुने दाबी गरेका छन् । उनले नेपालमा अब लोडसेडिङ नहुने दाबी गरेका हुन् ।
बुधबार मात्रै राष्ट्रिय सभाको बैठकलाई सम्बोधन गर्दै उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले अब नेपालमा साँझको समयमा लोडसेडिङ हुने बताएका थिए ।
यतिसम्म कि उर्जामन्त्री खड्काले उज्यालो नेपालको नायक कुलमान घिसिङ नभएको र नेपालमा लोडसेडिङको अन्त्य कुलमानका कारण नभएको बरु भारत र निजी क्षेत्रका कारण भएको भन्दै भारत र निजी क्षेत्रलाई धन्यवाद दिनुपर्ने बताएका थिए ।
तर, उर्जामन्त्रीको उक्त अभिव्यक्तिको काउन्टर जवाफमा कुलमानले नेपालमा लोडसेडिङ नहुने दाबी गरेका हुन् । उनले लोडसेडिङ हुँदैन भन्नेमा ढुक्क हुन पनि भनेका छन् । साथै उनले लोडसेडिङ हुन्छ भन्नेजस्ता हल्लाको पछि नलाग्न पनि आग्रह गरेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्