काठमाडौँ । नेकपा माओवादी केन्द्रकी सांसद ज्ञानु बस्नेतले उर्जामन्त्री दीपक खड्कालाई बर्खास्त गर्न माग गरेकी छिन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद बस्नेतले उर्जामन्त्री खड्कालाई बर्खास्त गर्न माग गरेकी हुन् ।
विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले लोडसेडिङ हुँदैन भनिरहेका बेला उर्जामन्त्रीले लोडसेडिङ हुन्छ भनेर जनतालाई आतंकित बनाएको सांसद बस्नेतले आरोप लगाएकी छिन् ।
उनले दलाल र बिचौलिया पोस्ने र बिस्तारै नाफामा गइरहेको नेपाल विद्युत प्राधिकरणलाई ध्वस्त पार्ने षड्यन्त्रमा स्वयम् उर्जामन्त्री दीपक खड्का संलग्न रहेको पनि बताएकी छिन् । यसरी खुलेयाम जनतालाई आतंकित बनाउने र प्राधिकरणलाई ध्वस्त पार्न खोजेको भन्दै सांसद बस्नेतले उर्जामन्त्री खड्कालाई बर्खास्त गर्न सरकारसँग माग गरेकी हुन् ।
त्यस्तै, उनले राष्ट्रिय सभाको बैठकमा उर्जा मन्त्रीले लोडसेडिङ हुन्छ भन्दै दिएको अभिव्यक्तिप्रति खेद प्रकट गरेकी छिन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्