काठमाडौँ । वीरगञ्ज सुक्खा बन्दरगाह भन्सार कार्यालयले चालु आर्थिक वर्षको आठ महिनामा रु ३२ अर्ब ३२ करोड ८८ लाख ७८ हजार राजस्व सङ्कलन गरेको छ ।
भन्सार विभागले कार्यालयलाई वर्षभरिमा रु ६० अर्ब चार करोड ८७ लाख ९७ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य दिएको थियो । सुक्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख धनबहादुर बरुवालका अनुसार चालु आवको पछिल्ला दुई महिनामा मासिक लक्ष्यको ९२ प्रतिशतसम्म राजस्व सङ्कलन भएको छ ।
कार्यालयले गत साउनमा रु तीन अर्ब ७५ करोड, भदौमा रु चार अर्ब ६४ करोड राजस्व सङ्कलन गरेको थियो । असोजमा रु चार अर्ब ३६ करोड, कात्तिकमा रु तीन अर्ब ७९ करोड राजस्व सङ्कलन गरेको थियो ।
यसैगरी, गत मङ्सिरमा रु तीन अर्ब २२ करोड, पुसमा रु तीन अर्ब ५६ करोड, माघमा रु चार अर्ब २९ करोड र फागुनमा रु चार अर्ब ६८ करोड राजस्व सङ्कलन गरेको हो । चालु आवको आठ महिनामध्ये सबैभन्दा धेरै राजस्व फागुनमा नै सङ्कलन भएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्