Skip to content
LAXMI SUNRISE BANK

विद्युत प्राधिकरणका कार्यालय प्रमुखको कार्यकक्षमा तोडफोड, भरतपुर वितरण केन्द्रका प्रमुख पनि कुटिए ! 

अर्थ सरोकार

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणको भरतपुर वितरण केन्द्रमा तोडफोड गरिएको छ । मंगलबार बिहान अज्ञात समूहले प्राधिकरणको भरतपुर वितरण केन्द्रमा तोडफोड गरिएको हो ।

कार्यालयमा भएको तोडफोडको घटनाबारे प्राधिकरणको भरतपुर वितरण केन्द्रले विज्ञप्ति जारी गरेरै जानकारी दिएको छ । 

कार्यालयका अनुसार डिजिटल बोर्ड ह्याक भएको घटनाबारे छानबिन गर्न र संलग्नलाई साइबर अपराध तथा कानून अनुसार कारवाहीको माग गर्दैगर्दा करिब १ बजेको समयमा ३५-४० जनाको समूह कार्यालयमा प्रवेश गरेका तोडफोड गरेका थिए । 

उनीहरुले कार्यालय प्रमुखको कार्यकक्षमा तोडफोड गर्नुका साथै कार्यालय प्रमुख रामु श्रेष्ठमाथि पनि कुटपिट गरेको कार्यालयको विज्ञप्तिमा उल्लेख गरिएको छ । प्राधिकरणका कर्मचारीका अनुसार उनीहरुले प्राधिकरणको डिजिटल बोर्डमा प्रधानमन्त्रीविरुद्धको नारा लेखिएको भन्दै कार्यालयमा तोडफोड र कार्यालय प्रमुखमाथि कुटपिट गरेका हुन् । 

यस्ता गतिविधिले असुरक्षित महसुस भएको भन्दै घटनामा संलग्नलाई कारवाहीको माग गर्न र विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रका कर्मचारीलाई सुरक्षाको प्रत्याभूति गराउन प्राधिकरणले माग गरेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK