×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

३० दिनभित्र सामाजिक सञ्जाल दर्ता गर्न सरकारको निर्देशन, दर्ता नभए बन्द गरिने !  

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

३० दिनभित्र सामाजिक सञ्जाल दर्ता गर्न सरकारको निर्देशन, दर्ता नभए बन्द गरिने !  

Artha Sarokar

१३ चैत्र २०८१, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । सरकारले सामाजिक सञ्जाल दर्ता गर्न ३० दिनको समय दिएको छ । एक सूचना जारी गर्दै सरकारले नेपालमा सामाजिक सञ्जाल सञ्चालन गर्न चाहने व्यक्ति, कम्पनी वा संस्थालाई ३० दिनभित्र दर्ता हुन निर्देशन दिएको हो । 

सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८० को व्यवस्थाअनुसार सामाजिक सञ्जाललाई दर्ता हुन निर्देशन दिइएको  सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जनाएको छ । 

उक्त निर्देशिकाको दफा ३ मा सामाजिक सञ्जाल सञ्चालन गरेका वा गर्न चाहने व्यक्ति, कम्पनी वा संस्थाले मन्त्रालयमा सूचीकरणका लागि आफैं वा आफ्नो प्रतिनिधिमार्फत सोही निर्देशिकाको अनुसूची-१ बमोजिमको ढाँचामा तोकिएका कागजात संलग्न गरी निवेदन दिनुपर्ने व्यवस्था गरिएको हो । 

सोही व्यवस्था अनुसार सरकारी निकायमा दर्ता हुन मन्त्रालयले सम्बन्धित सबैलाई निर्देशन दिएको छ । नेपालमा सञ्चालनका लागि दर्ता हुन निर्देशन दिँदै मन्त्रालयले तोकिएको समयभित्र दर्ता नहुने सामाजिक सञ्जाल प्लेटफर्म बन्द गर्ने चेतावनी समेत दिएको छ । 

त्यस्तै, दर्ता सामाजिक सञ्जाल सञ्चालनका लागि दर्ता हुने व्यक्ति, कम्पनी वा संस्थाले नेपालभित्र सम्पर्क बिन्दु, आवासीय गुनासो सुन्ने अधिकारी र स्वनियमन परिपालनाको निगरानी गर्ने अधिकारीको व्यवस्था गर्नुपर्ने व्यवस्था पनि निर्देशिकामा उल्लेख गरिएको छ । हालसम्म नेपालमा भाइबर, टिकटकविटक दर्ता छन् । बाँकी अन्य सामाजिक सञ्जाल भने नेपालमा दर्ता छैनन् । नेपालमा सञ्चालन हुनका लागि दर्ता नभएका सामाजिक सञ्जाल आगामी ३० दिनभित्र दर्ता भइसक्नुपर्नेछ । 

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी