काठमाडौँ । अमेरिकाले एक दिनमै एक हजार ‘गोल्ड कार्ड’ बिक्री गरेको छ । विश्वका धनाढ्यहरुलाई ‘गोल्ड कार्ड’ बेच्ने अमेरिकी राष्ट्रपछि डोनाल्ड ट्रम्पको नीति अनुसार अमेरिकाले एक दिनमै एक हजार ‘गोल्ड कार्ड’ बिक्री गरेको हो ।
‘गोल्ड कार्ड’ बेचेर अमेरिकाले एक दिनमै ५ अर्ब अमेरिकी डलर आम्दानी गरेको छ ।
‘गोल्ड कार्ड’ बिक्री गरेर आएको पैसा अमेरिकाको ऋण घटाउने र वित्तीय घाटा कम गर्न प्रयोग गरिने बताइएको छ । गोल्ड कार्ड कार्यक्रमका लागि आवश्यक पर्ने सिस्टम र सफ्टवेयर एलन मस्कको टोलीले निर्माण गरिरहेको छ ।
गोल्ड कार्डले ग्रिन कार्डसरह काम गर्नुका साथै अमेरिकामा विशेष अधिकारी प्रदान गर्ने र अमेरिकी नागरिकता लिन पनि सहयोग गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पले बताएका छन् । ट्रम्पले विश्वभरका धनाढ्य व्यक्तिलाई अमेरिकामा प्रवेश गराउन ‘गोल्ड कार्ड’ कार्यक्रम अघि सारेको ट्रम्पले बताएका छन ।