×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लिवर्टी इनर्जी कम्पनीको आइपीओ १२ बजे बाँडफाँट हुँदै, २५ हजार ६२० जनाले ४० कित्ता पाउने, अरुलाई कति ?

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

लिवर्टी इनर्जी कम्पनीको आइपीओ १२ बजे बाँडफाँट हुँदै, २५ हजार ६२० जनाले ४० कित्ता पाउने, अरुलाई कति ?

Artha Sarokar

१५ भाद्र २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । लिवर्टी इनर्जी कम्पनीको आइपीओ पनि आज (सोमबार) बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटलले उक्त कम्पनीको आइपीओ १२ बजे आइपीओ बाँडफाँट हुने जनाएको हो । यसअघि भने कम्पनीको आइपीओ बाँडफाँट आजै १० बजे हुने भनिएको थियो तर धितोपत्र बोर्डले १२ बजेमात्र बाँडफाँट गर्न निर्देशन दिएपछि समय १२ बजेका लागि सारिएको हो । 
लिवर्टी इनर्जी कम्पनीको आइपीओमा ७० करोड रुपैयाँ बराबरको आवेदन १ लाख ८५ हजार जनाले ७० लाख कित्ताका लागि आवेदन दिएका छन् । कम्पनीको आइपीओमा मागभन्दा १.९६ गुणा धेरैको आवेदन परेको छ ।कम्पनीको आइपीओ १० देखि ३० कित्तासम्म माग गर्नेलाई मागेजति दिने तथा ४० देखि १५ हजार कित्ता माग गर्नेलाई पनि १० कित्ता बाँडफाँड गरेपछि २ लाख ५६ हजार २०० कित्ता बाँकी रहने र उक्त सेयर गोलाप्रथाबाट २५ हजार  ६२० जनालाई थप  १० कित्ताका दरले बाँडफाँड  हुने बिक्री प्रबन्धकले जनाएको छ ।
यस कम्पनीले भदौ ३ गतेबाट ७ गतेसम्म सर्वसाधारणका लागि ३५ लाख ६४ हजार ९३० कित्ता सेयर बिक्री खुला गरेको थियो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी