काठमाडौँ । जनमुक्ति सेना नेपालले चैत्र १५ गते उपत्यका बन्द गर्ने भनेर विज्ञप्ति निकाले पनि काठमाडौँमा सवारी साधनको आवतजावत अरु बेला जस्तै सामन्य नै रहेको देख्न सकिन्छ ।
शुक्रबार काठमाडौँमा दुई ठाउँमा राजावादी र गणतन्त्रवादीको प्रदर्शन हुँदैछ । सोही आन्दोलनलाई लक्षित गर्दै जनमुक्ति सेनाले चैत १५ गते (आज) उपत्यका बन्द गर्ने घोषणा गरेको थियो । तर, आज उपत्यकामा निर्वाध रुपमा आवतजावत भइरहेको देखिन्छ । बाँकी तस्विरमा हेर्नुहोस्ः