काठमाडौँ । सरकारले नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को सिइओ नियुक्तिको निर्णय उल्टाएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले नेप्सेको सिइओ नियुक्तिको निर्णय उल्टाएको हो ।
यसो त मन्त्रिपरिषद् बैठकले यसअघि नेप्सेको सिइओमा नारदकुमार लुइँटेललाई नियुक्त गर्ने निर्णय गरेको थियो । मन्त्रिपरिषद् बैठकले लुइँटेललाई सिइओ नियुक्त गर्ने निर्णय गरे पनि माइनुट हुनुअघि निर्णय उल्टाइएको स्रोतले बताएको छ ।
स्रोतका अनुसार सोमबार बसेको मन्त्रिपरिषद् बैठकले लुइँटेलको ठाउँमा अर्का प्रतिस्पर्धी चुडामणि चापागाइँलाई नियुक्त गर्ने निर्णय गरेको छ । झापाका चापागाइँ पूर्व बैंकरसमेत हुन् । तत्कालीन सनराइज बैंकमा काम गरिसकेका चापागाइँसँग करिब २५ वर्षको कार्यानुभव छ ।
यसअघि नारद लुइँटेललाई नियुक्ति गर्ने निर्णय भइरकेको भए पनि उनको ‘क्वालिफिकेसन’ नै नपुग्ने भन्ने सूचना आएपछि निर्णय सुनाउँदा वा निर्णयलाई अन्तिम रुप दिँदा सो निर्णय हटाउन भनिएको थियो । ‘यसअघि मन्त्रिपरिषद् बैठकले नारद लुइँटेललाई नै सिइओ नियुक्त गर्ने निर्णय गरेको थियो ।’, अर्थ सरोकारसँग कुराकानी गर्दै एक मन्त्रीले भने, ‘तर, क्वालिफिकेसन नपुग्ने भन्ने सूचना आएपछि निर्णय उल्टाइएको हो ।’
सिइओ छनोटका लागि अन्तिम पाँच जना उम्मेदवारको सूचीमा चुडामणि चापागाईं, नारदकुमार लुइँटेल, पूर्णप्रसाद आचार्य, बद्रिप्रसाद प्याकुरेल र हेमन्त बस्याल परेका थिए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्