Skip to content
LAXMI SUNRISE BANK

महिला तथा बालबालिकाका नाममा राज्यकोषबाट १ अर्ब २२ करोड निकासा, प्रगति कम, नियमन शून्य !

अर्थ सरोकार

काठमाडौँ । एक वर्षमा महिला तथा बालबालिकाका नाममा राज्यकोषबाट एक अर्ब २२ करोड रुपैयाँ भन्दा बढी निकासा भएको पाइएको छ । गत आर्थिक वर्ष २०८० ८१ मा महिला तथा बालबालिकाका नाममा राज्यकोषबाट १ अर्ब २२ करोड ४७ लाख ९२ हजार ५ सय ९० रुपैयाँ निकासा भएको हो ।

गत वर्ष सो रकम महिला तथा बालबालिका क्षेत्रमा काम गर्ने ४० वटा संघसंस्थालाई वितरण गरिएको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले जनाएको छ । 

मन्त्रालयका अनुसार महिला तथा बालबालिकाका नाममा निकासा भएको उक्त रकम शिक्षा, स्वास्थ्य, सचेतना, महिला तथा बालबालिका अधिकार, पोषण लगायतका क्षेत्रमा खर्च गरिएको छ । 

महिला तथा बालबालिकाका लागि राज्यकोषबाट ठूलो रकम खर्च गरिएको भए पनि पर्याप्त मात्रामा काम नभएको गुनासो भने यथावत छ । राज्यकोषबाट संघसंस्थामा करोडौँ रुपैयाँ निकासा हुँदा पनि त्यसको प्रयोग र प्रभावकारिताका विषयमा भने राज्यले खासै चासो दिएको छैन । 

स्थानीय सरकार तथा सरोकारवाला पक्षले राज्यकोषबाट निकास भएको रकमको प्रयोग र प्रभावकारिताका विषयमा निगरानी, अनुगमन र नियमन गर्नुपर्ने देखिन्छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK