काठमाडौँ । महालक्ष्मी विकास बैंक ग्राहक केन्द्रित बैंकको रुपमा अन्तराष्ट्रिय अवार्डबाट सम्मानित भएको छ । भारतको प्रतिष्ठित म्यागजिन ‘विजनेश कनेक्ट’ले बैंकलाई अन्तराष्ट्रिय अवार्डबाट सम्मान गरेको हो ।
निरन्तर रुपमा ग्राहक सेवालाई विशिष्टीकृत गर्दै लगेको, ग्राहक सन्तुष्टिलाई पहिलो प्राथमिकतामा राखेको, ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज बैंकिङ सुविधा उपलब्ध गराएको तथा ग्राहकहरुलाई सुरक्षित र अत्याधुनिक डिजिटल सुविधाहरु उपलब्ध गराउन बैंकले निर्वाह गरेको भुमिकाको मुल्याङकन गर्दै उक्त म्यागजिनले बैंकलाई सम्मान गरेको हो ।
विजनेश कनेक्ट म्यागजिन व्यवसायसँग सम्बन्धित विभिन्न नवप्रवर्तनशील विचारहरु तथा प्रभावशाली व्यवसायिक व्यक्ति तथा संस्थाहरुको कभर स्टोरीहरुलाई प्राथिमकताका साथ प्रकाशन गर्दै आईरहेको छ ।
यस सम्मानको प्राप्तीसँगै ग्राहक सेवा प्रणालीलाई अझ प्रभावकारी बनाउँदै आगामी दिनहरुमा वित्तीय पहुँचबाट बाहिर रहेका आम नेपाली नागरिकहरुलाई समेत बैंकिङ प्रणाली भित्र ल्याउन सकिने तथा अन्तराष्ट्रिय क्षेत्रमा बैंकको पहिचान स्थापित गर्न सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्