काठमाडौँ । गण्डकी प्रदेश सभाका सभामुख कृष्णप्रसाद धितालले निजी सचिवालयमा श्रीमती र ज्वाइँलाई नियुक्त गरेको पाइएको छ । सभामुख धितालले श्रीमती लक्ष्मीदेवी धिताललाई कार्यालय सहयोगी र ज्वाइँ प्रदीप शाहलाई स्वकीय सचिव नियुक्त गरेको पाइएको हो ।
सभामुख धितालले कानून अनुसार निजी सचिवालयमा योग्यता पुगेका कर्मचारी नियुक्त गर्न नसकेको आरोप लागिरहेका बेला आफ्नै श्रीमती र ज्वाइँलाई नियुक्ति दिएपछि झन् विवादमा तानिएका छन् ।
सभामुखको स्वकीय सचिव नियुक्त भएका शाह काठमाडौँमा बस्दै आएका छन् । आफ्नो काठमाडौँमा पनि काम परिरहने भएकाले सहजताका लागि ज्वाइँलाई निजी सचिवालयमा नियुक्ति दिएको सभामुख धितालको तर्क छ ।
अर्कोतर्फ निवासमा भात पकाउन श्रीमतीलाई राख्न सजिलो हुने भन्दै आफ्नै श्रीमतीलाई कार्यालय सहयोगी नियुक्त गरेको धितालको भनाई छ । यसरी निजी सचिवालयमा आफ्नै श्रीमती र ज्वाइँलाई नियुक्ति दिएपछि अहिले गण्डकी प्रदेश सभाका सभामुख धिताल विवादमा तानिएका छन् । यद्यपि उनले सभामुखको निजी सचिवालयमा को राख्ने ? को नराख्ने ? भन्ने अधिकार सभामुखको हुने भन्दै उक्त नियुक्तिमा आफूले कुनै गलत नगरेको दाबी गर्दै आएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्