×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

विश्वमा कोरोना संक्रमितको संख्या दुई करोड ५१ लाख बढी, ज्यान गुमाउनेको संख्या कति ?

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

विश्वमा कोरोना संक्रमितको संख्या दुई करोड ५१ लाख बढी, ज्यान गुमाउनेको संख्या कति ?

Artha Sarokar

१४ भाद्र २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं । विश्वमा कोरोना संक्रमितको संख्या दुई करोड ५१ लाख भन्दा बढी पुगेको छ । जोन्स हप्किन्स विश्वविद्यालयको कोरोना भाइरस स्रोत केन्द्रका अनुसार विश्वभर संक्रमितको संख्या दुई करोड ५१ लाख ७७ हजार ०३२ जना  पुगेको छ । यस्तै विश्वमा कोभिड–१९ बाट ज्यान गुमाउनेको संख्या ८ लाख ४६ हजार ८६७ पुगेको छ ।

महामारीबाट सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा संक्रमितको कुल संख्या ६१  लाख ३९  हजार ४५७ जना रहेको छ भने एक लाख ८६ हजार ८५६ जनाको मृत्यु भएको छ । ३८ लाख ४६ हजार ९६५  संक्रमित भएको ब्राजिलमा कोभिड–१९ बाट एक लाख २० हजार ४९८ जनाको ज्यान गएको छ। ३५ लाख ४६  हजार ७०५ संक्रमित भएको भारतमा अहिलेसम्म कोभिड–१९ बाट ६३ हजार ६९० जनाको ज्यान गएको छ । यसैगरी रुसमा ९ लाख ८५  हजार ३४६ जना संक्रमित रहेकोमा १७  हजार २५ को ज्यान गएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी