×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लेखा व्यवसायीको चौथो राष्ट्रिय सम्मेलनको पहिलो दिन जे देखियो… (तस्विरहरु)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

लेखा व्यवसायीको चौथो राष्ट्रिय सम्मेलनको पहिलो दिन जे देखियो… (तस्विरहरु)

Artha Sarokar

२७ चैत्र २०८१, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । काठमाडौँमा लेखा व्यवसायीको चौथो राष्ट्रिय सम्मेलन सुरु भएको छ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान)को आयोजनामा सुरु भएको उक्त सम्मेलनको अर्थमन्त्री विष्णु पौडलले उद्घाटन गरेका हुन् ।

कार्यक्रमको उद्घाटन सत्रमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. शिवराज अधिकारी, महालेखा परीक्षकको कार्यालयका उपमहालेखापरीक्षक बामदेव शर्मा अधिकारी र साफाका अध्यक्ष अश्फाक युशुफ तोला विशेष अतिथि रहेका थिए । उनीहरुले लेखा परीक्षणको बर्तमान अवस्था, चार्टर्ड एकाउन्टेन्टको चुनौती र भविष्य, प्रविधि र डिजिटलाइजेसनका विषयमा आफ्नो धारणा प्रस्तुत गरेका थिए ।

त्यस्तै, कार्यक्रममा आईसीएआईका अध्यक्ष सिए चरनजोतसिंह नन्दा, आईक्यानका पूर्व अध्यक्ष नरेन्द्र भट्टराई र पूर्व उपमहालेखापरीक्षक रामु प्रसाद डोटेलले पनि आफ्नो प्रस्तुति दिएका थिए ।

कार्यक्रममा नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघ (एक्यान)का प्रतिनिधिले अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको बजेटका लागि सुझाव समेत बुझाएका थिए । कार्यक्रममा बोल्दै अर्थमन्त्री विष्णु पौडेलले लेखा व्यवसायीको महत्व र भूमिकाबारे प्रशंसा गरेका थिए । बाँकी तस्विरमा हेर्नुहोस्ः

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी