×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

राष्ट्र बैंकको कडाईपछि लघुवित्तको मूल्यमा पहिरो, १४ अर्ब ७६ करोडमाथिको कारोबारसहित हाइड्रोपावरको मुल्यमा उछाल !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

राष्ट्र बैंकको कडाईपछि लघुवित्तको मूल्यमा पहिरो, १४ अर्ब ७६ करोडमाथिको कारोबारसहित हाइड्रोपावरको मुल्यमा उछाल !

Artha Sarokar

१३ जेष्ठ २०७८, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । साताको कारोबारको अन्तिम दिन बिहिबार नेप्से झिनो अंकले घटेको छ । मंगलबार तुलनामा नेप्से १.२० अंकले घटेर २८१५.३९ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार आज २१५ कम्पनीको ४ करोड १८ लाख १३ हजार ९९४ कित्ता सेयर खरिद बिक्री हुँदा १४ अर्ब ७६ करोडमाथिको कारोबार भएको छ । 
आज सबैभन्दा बढी कारोबार अपि पावरको भएको छ । यस कम्पनीको ४३ करोड २८ लाखमाथिको कारोबार भएको छ । त्यसपछि कारोबार क्रमश:अरुण काबेली र चिलिमे हाइड्रोपावरको भएको छ । आज ७ समूहबाहेकका अन्य सबै समूह घटेका छन् ।
यस्तै आज सबैभन्दा धेरै खानीखोला हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् भने समता लघुवित्तका लगानीकर्ताले सबै भन्दा धेरै गुमाएका छन् । राष्ट्र बैंकले लघुवित्तको सेयरमा कडाइ गरेसंगै लघुवित्तको मूल्यमा पहिरो गएको छ । यद्यपी समग्र  सेयर बजारको अवस्था भने सकारात्मक देखिएको छ । यस्तै हाइड्रोपावरको सेयर मुल्यमा भने उछाल आएको छ । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी