काठमाडौँ । सिटिजन्स सेयर ब्रोकर लिमिटेड (ब्रोकर नम्बर ९१)ले विशेष अन्तरक्रिया कार्यक्रमको आयोजना गर्ने भएको छ । कम्पनीले उपत्यका बाहिरका सेयर लगानीकर्ताका लागि बुटवलमा अन्तरक्रिया कार्यक्रम गर्न लागेको हो ।
कार्यक्रम बुटवलको कालिकानगरस्थित दियालो फुडल्याण्डमा शनिबार बिहान ७ बजेदेखि १० बजेसम्म आयोजना हुने कम्पनीले जनाएको छ ।
कार्यक्रममा सेयर लगानीकर्तासँग प्रत्यक्ष संवादसँगै अनुभव, सुझाव र अपेक्षाहरु आदानप्रदान गरिनेछ । उपत्यका भन्दा बाहिर निस्केर अन्य सेयर लगानीकर्ताको आवाज सुन्ने उद्देश्यका साथ उक्त कार्यक्रमको आयोजना गरिएको कम्पनीले जनाएको छ ।
अर्कोतर्फ सेयर बजारको पहुँच र प्रभावकारितालाई उपत्यका भन्दा बाहिरका क्षेत्रहरुमा पनि विस्तार गर्न लगानीकर्ताको सुझाव लिन पनि कार्यक्रमको आयोजना गरिएको कम्पनीको भनाई छ । उक्त कार्यक्रमले सेयर बजारप्रति लगानीकर्ताको विश्वास अभिवृद्धि गर्न, सेवा सुधारका उपाय पहिचान गर्न र पूँजी बजारको दायरा अझै फराकिलो बनाउन योगदान पुर्याउने कम्पनीले विश्वास लिएको छ ।
त्यस्तै, सो कार्यक्रममा सहभागी हुने लगानीकर्तालाई ब्रोकर नं. ९१ मा डिम्याट, मेरो शेयरसँगै टिएमएस खाता खोल्दा डिम्याट र मेरो शेयर खाताको आजीवन निःशुल्क नवीकरण हुने सुविधा समेत पाउने कम्पनीले जानकारी गराएको छ ।