×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

युएई पुगेर चन्द्र ढकालले भने- ‘नेपालमा लगानी गर्नुस्, प्रतिफल पक्का’ 

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

युएई पुगेर चन्द्र ढकालले भने- ‘नेपालमा लगानी गर्नुस्, प्रतिफल पक्का’ 

Artha Sarokar

८ बैशाख २०८२, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले युएईमा रहेका नेपालीहरुलाई नेपालमा लगानी गर्न आह्वान गरेका छन् । नेपाली जनसम्पर्क समिति यूएईद्वारा नयाँ वर्ष २०८२ को शुभकामना अदान-प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै ढकालले यस्तो आह्वान गरेका हुन् । 

पछिल्लो समय सुध्रिँदो अर्थतन्त्र र अवस्थाका बीच नेपालमा लगानीका थुप्रै सम्भावना रहेको भन्दै उनले युएईमा रहेको नेपालीहरुलाई आम्दानीको केही अंश नेपालमा लगानी गर्न आह्वान गरेका छन् । 

नेपालमा गरिएको लगानी खेर नजाने भन्दै अध्यक्ष ढकालले ‘नेपालमा लगानीको वातावरण छैन’, ‘प्रतिफल पाइँदैन’ भन्ने जस्ता हल्लाको पछि नलाग्न पनि आग्रह गरेका छन् । उनले नेपालमा लगानी गरे प्रतिफल पक्का पाइनेमा ढुक्क हुन पनि भनेका छन् । 

त्यस्तै, अध्यक्ष ढकालले नेपालमा लगानीका थुप्रै क्षेत्रहरु एक्सप्लोर गर्न बाँकी रहेको भन्दै ती क्षेत्रको पहिचान गरी लगानी विस्तार गर्न आग्रह गरेका छन् । विदेशमा रहेर नेपालीहरुले गर्ने लगानी र मिहेनत नेपालमा गरे नेपाल पनि छिट्टै समृद्ध बन्ने अध्यक्ष ढकालको भनाई रहेको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी