काठमाडौँ । सत्तारूढ नेकपा एमालेले पार्टी स्थापना दिवस र लोकतन्त्र दिवसको अवसरमा ‘युथ सेलिब्रेसन’ कार्यक्रमको आयोजना गरेको छ । लोकतन्त्र दिवसलाई जनताले जितेको दिनको अवसरमा एमालेले भृकुटीमण्डपमा उक्त कार्यक्रमको आयोजना गरेको हो ।
भृकुटीमण्डपको बीच सडकमा स्टेज बनाएर एमालेले गरिरहेको ‘युथ सेलिब्रेसन’ कार्यक्रमका कारण आम सर्वसाधारणलाई आवतजावतमा समस्या भएको छ ।
एक दिने उक्त कार्यक्रममा एमालेले ४० वर्षमुनिका युवाहरु सहभागी हुन अपिल गरेको छ । कार्यक्रममा करिब एक लाख युवा उतार्ने योजनामा एमालेको छ । कार्यक्रममा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलगायत शीर्ष र युवा नेताहरुले सम्बोधन गर्ने जनाईएको छ । बाँकी तस्विरमा हेर्नुहोस्: