काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले काठमाडौँ टावरमा भ्रष्टाचार भएको बताएका छन् । बिहीबार सामाजिक सञ्जाल फेसबुकमा एक पोष्ट सार्वजनिक गर्दै मेयर शाहले काठमाडौँ टावर निर्माणमा भ्रष्टाचार भएको बताएका हुन् ।
उनले काठमाडौँ टावरको नक्सापासको विगत र वर्तमानले नीतिगत भ्रष्टाचार भएको देखिने बताएका छन् ।
‘कुनै एक घोटालाका लागि कसरी नीतिगत भ्रष्टाचार हुन्छ ? कसरी कर्मचारीहरू परिचालन हुन्छन् ? र कसरी जनप्रतिनिधिहरू पनि प्रभावित बन्छन् ? भन्ने यो एक नक्सापासको विगत, वर्तमान र उद्देश्यले देखाउन सक्छ ।’, मेयर शाहले फेसबुकमा लेखेका छन् ।
त्यस्तै, मेयर शाहले २०७३ सालमा १२ तलासम्मको स्वीकृति दिँदा तत्कालीन महानगर नेतृत्वले वार्षिक चौथो वर्षसम्म ९८ लाख ३३ हजार ३ सय ३३ रुपैयाँका दरले र पाचौँ वर्ष एक करोड ४३ लाख ७० हजार ८ सय ३३ रुपैयाँ हुँदै ३०औँ वर्षमा तीन करोड ९० लाख १४ हजार ६ सय ६३ रुपैयाँ महानगरले प्राप्त गर्नेगरी सम्झौता भएको जिकिर गरेका छन् ।
तर, काठमाडौँको मुटुमा रहेको व्यावसायिक कम्प्लेक्सबाट महानगरले प्राप्त गर्ने आर्थिक लाभ त्यति न्यून कसरी हुन पुग्यो ? त्यसमा के कस्ता चलखेल भए ? भन्नै प्रश्न गर्दै मेयर शाहले यो अध्ययनको विषय भएको बताएका छन् । उनले सम्बन्धित निकायले अध्ययन गर्छ भने आफू र महानगरले सम्पूर्ण सहयोग गर्न तयार रहेको पनि बताएका छन् । यस्तो छ मेयर शाहको फेसबुक पोष्टः