Skip to content
LAXMI SUNRISE BANK

‘शिक्षक आन्दोलनमा सरकारले घुसपैठ गरायो’

अर्थ सरोकार

काठमाडौँ । शिक्षकहरुले आन्दोलनमा घुसपैठ भएको बताएका छन् । शान्तिपूर्ण रुपमा भइरहेको आन्दोलनमा सरकारले घुसपैठ गराएको शिक्षकहरुले आरोप लगाएका हुन् । 

पछिल्लो २५ दिनदेखि शान्तिपूर्ण आन्दोलन गरिरहँदा माग पूरा गर्न नसकेको सरकारले आन्दोलन भड्काउन घुसपैठ गराएको शिक्षकहरुको आरोप छ । 

आइतबार आन्दोलनमा घुसपैठ गराएर आन्दोलन बिथोल्ने प्रयास गरे पनि शिक्षकहरुले आन्दोलन नछोड्ने अडान लिएका छन् । बरु भोलि यो भन्दा तीन गुणा शिक्षक आन्दोलनमा भेला हुने शिक्षक महासंघले जनाएको छ । 

आइतबार प्रहरी र शिक्षकबीच दोहोरो झडप हुँदा १५ जना भन्दा धेरै शिक्षक घाइते भएका छन् । हाल घाइते शिक्षकहरुलाई उपचारका लागि सिभिल अस्पताल लगिएको छ । आन्दोलनमा झडप हुँदा प्रहरीले शिक्षकहरुलाई तितरबितर पार्न पानीको फोहोरा प्रहार गरेको थियो ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK