Skip to content
LAXMI SUNRISE BANK

सिंहदरबारमा बोतल र जार निषेध !

अर्थ सरोकार

काठमाडौँ । सिंहदरबारमा खानेपानीका बोतल र जार निषेध गरिने भएको छ । सिंहदरबारमा मेलम्चीको खानेपानी जडान गरिने भएकाले बोतल र जार निषेध गरिने भएको हो ।

सिंहदरबारभित्र रहेका मन्त्रालय, आयोग, निकाय तथा कार्यालयमा आगामी जेठभित्रै मेलम्चीको खाने पानी जडान गरिसक्ने गरी काम सुरु गरिएको खानेपानी मन्त्रालयले जनाएको छ । मेलम्चीको खानेपानी वितरण प्रणाली जोड्न काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) लाई निर्देशन दिइएको र सोहीअनुसार काम भइरहेको छ ।

खानेपानीमन्त्री प्रदीप यादवले सिंहदरबारमा मेलम्चीको खाने पानी जडान गरिने भएकाले बोतल र जार निषेध गर्ने घोषणा गरेका थिए ।

हाल सिंहदरबारमा मेलम्चीको पानी वितरण प्रणालीको काम तीव्र रूपमा अगाडि बढिरहेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK