Skip to content
LAXMI SUNRISE BANK

ट्वाइलेटमा लडेर घाइते भए प्रचण्ड, कस्तो छ स्वास्थ्य अवस्था ?

अर्थ सरोकार

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ट्वाइलेटमा लडेर घाइते भएका छन् । उनी गएराति ट्वाइलेटमा लडेर घाइते भएका हुन् ।

ट्वाइलेटमा लडेर घाइते भएका प्रचण्डको टाउकोमा चोट लागेको उनको पारिवारिक स्रोतले बताएको छ ।

ट्वाइलेट गएका बेला लडेर घाइते भएपछि उनलाई राती नै उपचारका लागि मेडिसिटी अस्पताल लगिएको थियो । उपचारपछि उनी निवासमा फर्किसकेका छन् । उनको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पताल स्रोतले जनाएको छ ।

यद्यपि लडेर टाउकोमा चोट लाग्दा प्रचण्डको टाउकामा टाँका लगाइएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK