काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला अदालतका कम्प्युटर अपरेटरलाई पक्राउ गरेको छ । अख्तियारले नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) बाट राम लखन बानियाँलाई पक्राउ गरेको हो ।
उनी जिल्ला अदालतमा कम्प्युटर अपरेटरका रुपमा कार्यरत रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।
बानियाँलाई बुटवलबाट खटिएको अख्तियारको टोलीले पाल्हिनन्दन गाउँपालिका-२ बेलासपुर चोकबाट पक्राउ परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनलाई घुसबापत लिएको दुईलाख रुपैयाँसहित पक्राउ गरिएको हो ।
उनीमाथि लागूऔषध मुद्दामा पुर्पक्षका लागि कारागार चलान भएका व्यक्तिलाई छुटाइदिने भन्दै घुस लिएको आरोप छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्