Skip to content
LAXMI SUNRISE BANK

९ महिनामा १० प्रतिशतले बढ्यो रेमिट्यान्स, एक महिनामै भित्रियो एक खर्ब ३९ अर्ब रुपैयाँ 

अर्थ सरोकार

काठमाडौँ । चालु आर्थिक वर्षको ९ महिनामा रेमिट्यान्स आप्रवाह बढेको छ । चालु आर्थिक वर्ष २०८१/८२ को चैत मसान्तसम्म रेमिट्यान्स आप्रवाह १० प्रतिशतले बढेको हो । 

चैत मसान्तसम्म ११ खर्ब ९१ अर्ब ३१ करोड रुपैयाँ भित्रिएको राष्ट्र बैंकको ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ विषयक प्रतिवेदनमा उल्लेख छ । गत आर्थिक वर्षको सोही अवधिमा भने नेपालमा १० खर्ब ८२ अर्ब २६ करोड ४६ लाख रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो । 

राष्ट्र बैंकका अनुसार चैत महिनामा मात्रै नेपालमा एक खर्ब ३९ अर्ब ५३ करोड ८३ लाख रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । चालु आर्थिक वर्षमा वैदेशिक रोजगारीका लागि विदेश जाने नेपालीको संख्या बढेसँगै रेमिट्यान्स पनि बढेको प्रतिवेदनमा उल्लेख छ । 

प्रतिवेदनका अनुसार चैत मसान्तसम्म वैदेशिक रोजगारीका लागि नयाँ श्रम स्वीकृति लिने नेपालीको संख्या तीन लाख ५८ हजार दुई सय २२ र पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या दुई लाख ४९ हजार ६ सय ५२ रहेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK