काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको ढुकुटीमा पैसा नहुँदा काम गर्ने आँट पनि नभएको बताएका छन् । सिनेपा चलचित्र छायांकन स्टुडियो निर्माण आरम्भ उद्घोष समारोहलाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका छन् ।
उनले हाल देशको ढुकुटी रित्तिँदै गएको पनि उल्लेख गरेका छन् ।
यसो त ओलीले यसअघि आफू प्रधानमन्त्री हुँदा देशको ढुकुटीमा प्रशस्तै पैसा भएको बताएका छन् । तर, आफू प्रधानमन्त्रीबाट हटेपछि मुलुकको ढुकुटी रित्तिँदै गएको ओलीको भनाई छ । हाल ढुकुटीमा धेरै पैसा नहुँदा काम गर्न पनि डराउनुपर्ने अवस्था आएको ओलीले बताएका छन् ।
त्यस्तै, ओलीले आफू प्रधानमन्त्री भएपछि तीन वर्षको अन्तरालमा आफूले सुरु गरेका विकास निर्माणका काम जहाँको त्यहीँ रोकिएको पनि बताएका छन् । पैसाकै कमीले सोचेजस्तो काम गर्ने आँट पनि नआउने ओलीले बताएका छन् ।