×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘शक्तिको दुरुपयोग गरेर कसैलाई जागिर खुवाएको छैन’- राधिका शाक्य

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

‘शक्तिको दुरुपयोग गरेर कसैलाई जागिर खुवाएको छैन’- राधिका शाक्य

Artha Sarokar

६ जेष्ठ २०८२, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीकी धर्मपत्नी राधिका शाक्यले शक्तिको दुरुपयोग गरेर कसैलाई जागिर नखुवाएको दाबी गरेकी छिन् । ‘करुणा’ पुस्तकको लोकार्पण गर्दै उनले यस्तो बताएकी हुन् । 

प्रधानमन्त्री ओलीसँग विवाह गरेको ३८ वर्ष पूरा भइसकेको भन्दै उनले ओली गृहमन्त्री, परराष्ट्रमन्त्री, ४ पटक प्रधानमन्त्री हुँदा पनि शक्तिको दुरुपयोग गरेर कसैलाई कुनै काम नदिलाएको बताएकी छिन् । 

उनले पदको दुरुपयोग गरेर जागिर खुवाएको आरोप लगाउनेहरुलाई उक्त आरोप पुष्टि गर्न पनि चेतावनी दिएकी छिन् । त्यस्तै, उनले कार्यकर्ता व्यवस्थापनबारे आफू जानकार नरहेको र आफूले कुनै पनि राजनीतिक कार्यमा हस्तक्षेप नगर्ने र नगरेको पछि बताएकी छिन् । 

त्यस्तै, शाक्यले आफूलाई कुनै लोभ, अवसर खोज्ने चाहना र महत्वकांक्षा नरहेको पनि स्पष्ट पारेकी छिन् ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी