×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

हरियो धनियाँमा भेटियो ९९.३७ प्रतिशत विषादी

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

हरियो धनियाँमा भेटियो ९९.३७ प्रतिशत विषादी

Artha Sarokar

६ जेष्ठ २०८२, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । हरियो धनियाँमा अत्याधिक विषादी भेटीएको छ । मंगलबार काभ्रेपलाञ्चोकबाट बिक्रीका लागि कालीमाटी बजारमा ल्याइएको हरियो धनियाँमा ९९.३७ प्रतिशत ‘अर्गानोफस्फेट’ नामक विषादी भेटिएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको हो ।

केन्द्रीय कृषि प्रयोगशालाले कालीमाटी तरकारी बजारका १७ पसलको १७ थरी तरकारी तथा फलफूल परीक्षण गरेको थियो । सो क्रममा धनियाँमा विषादी भेटीएको हो ।

विषादीको मात्रा धेरै भेटिएकाले उक्त धनियाँ उपभोग अयोग्य रहेको भन्दै सबै नस्ट गरीएको छ ।

सरकारले तोकेको मापदण्ड अनुसार ३५ प्रतिशत भन्दा कम विषादी भेटीयो भने उपभोग योग्य मानीने छ, भने ३५ देखि ४५ प्रतिशत पाइए केही दिन राखेर मात्रै उपभोग गर्न सकिने छ ।

त्यस्तै, ४५ प्रतिशत भन्दा बढी विषादी भेटीयो भने उपभोग अयोग्य मानिन्छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी