
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । सरकारले ६० जना सहसचिवहरुको सरुवा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले केन्द्र तथा प्रदेशका विभिन्न मन्त्रालय र विभागमा कार्यरत ६० जना सहसचिवहरुको सरुवा गरेको हो । सरुवा भएकामध्ये प्रदेशका मन्त्रालयमा सचिवको जिम्मेवारीमा रहेका २७ जना प्रदेश सचिवहरु छन् । मन्त्रालयस्तरीय निर्णयले सहसचिवहरूलाई कामकाजमा खटाउने गरी सरुवा गरेको हो ।
जसमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा रहेका दिनेशकुमार घिमिरेलाई प्रदेश १ को मुख्यमन्त्री कार्यालयमा पठाइएको छ । यस्तै प्रधानमन्त्री कार्यालयमै रहेका राजेन्द्रकुमार पौडेललाई प्रदेश १ को आन्तारिक मामिला मन्त्रालयमा, गृहमन्त्रालयका महादेव पन्थ ५ नम्बर प्रदेको सामाजिक विकास मन्त्रालयमा, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा रहेका चुडामणि पौडेल सुदूरपश्चिम प्रदेशको आन्तारिक मामिला तथा कानुन मन्त्रालयमा, पर्यटन मन्त्रालयका कमल प्रसाद भट्टराई कर्णाली प्रदेशको मुख्यमन्त्री कार्यालयमा सरुवा भएका छन् । साथै लोकसेवा आयोगका खगेन्द्रप्रसाद सुवेदी ५ नम्बर प्रदेशको मुख्यमन्त्री कार्यालयमा सरुवा भएका छन् ।
हेर्नुहोस् कसको सरुवा कहाँ भयो ?
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्