×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘विदेशबाट फोन गरेर बत्ती गयो भन्दै दुःख दिन थाले’

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

‘विदेशबाट फोन गरेर बत्ती गयो भन्दै दुःख दिन थाले’

Artha Sarokar

७ जेष्ठ २०८२, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । उर्जा मन्त्री दीपक खड्काले विदेशबाट फोन गरेर लोडसेडिङ भयो भन्दै दुःख दिने गरेको गुनासो गरेका छन् । प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै उनले विदेशबाट फोन गरेर बत्ती गयो भन्दै दुःख दिने गरेको बताएका हुन् ।

उनले लोडसेडिङबारे भ्रम फैलाउनेहरुले राति १२ बजे पनि ‘बत्ती गयो’ भन्दै विदेशबाट फोन गर्ने गरेको बताएका छन् । तर, बत्ती गयो भनिएको ठाउँमा फोन गरेर बुझ्दा बत्ती नगएको पाइने उर्जामन्त्री खड्काको भनाई छ । 

मन्त्री खड्काले यसरी लोडसेडिङका विषयमा गलत प्रचार नगर्न पनि आग्रह गरेका छन् । उनले कथमकदाचित विद्युत अवरुद्ध भए, सूचना दिने गरेको दाबी गरेका छन् । तर, उत्पादनकै कमीले लोडसेडिङ भएको हल्लामा सत्यता नभएको मन्त्री खड्काको भनाई छ । 

त्यस्तै, उनले कम उत्पादन भएको समयमा आयात गरेर भएपनि आवश्यक विद्युत उपलब्ध गराउने गरेको उल्लेख गरेका छन् ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी