×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

विदेश पठाउने भन्दै लाखौँ ठगी गर्ने चारजना पक्राउ

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

विदेश पठाउने भन्दै लाखौँ ठगी गर्ने चारजना पक्राउ

Artha Sarokar

८ जेष्ठ २०८२, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाउने भन्दै रकम  ठगी गर्ने चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ४३ वर्षीय विकास गुरुङ, ३६ वर्षीय रन्जना अधिकारी, ४० वर्षीय यादव प्रसाद घिमिरे र ५२ वर्षीय लोकजन खड्का रहेका छन् ।

पीडितहरुले दिएको जाहेरीका आधारमा उनीहरुलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यलयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार गुरुङले दुई जनालाई अजरबैजान पठाउने भनेर पाँच लाख रुपैयाँ, अधिकारीले १ जनालाई जापान पठाउने भन्दै तीन लाख रुपैयाँ, घिमिरेले एक जनालाई जापान पठाउने भन्दै ५० हजार रुपैयाँ र खड्काले एक जनालाई थाईल्याण्ड पठाउने भन्दै ४ लाख ४० हजार रुपैयाँ ठगी गरेका थिए ।

हाल उनीहरुलाई थप अनुसन्धान तथा आवश्यक कारवाहीका लागि वैदेशिक रोजगार विभाग पठाईएको प्रहरीले जनाएको छ ।

पछिल्लो समय राम्रो देश, आकर्षक तलबको प्रलोभनमा पारेर रकम ठगी गर्नेहरुको जमात बढेको छ भने ठगिनेहरु पनि बढेका छन् ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी