×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘हनी ट्रयाप’को जालोः ‘फेसबुक च्याट’मा कुरा हुँदै होटलको बास, नग्न तस्विर खिचेर ‘ब्ल्याकमेलिङ’ ! 

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

‘हनी ट्रयाप’को जालोः ‘फेसबुक च्याट’मा कुरा हुँदै होटलको बास, नग्न तस्विर खिचेर ‘ब्ल्याकमेलिङ’ ! 

Artha Sarokar

९ जेष्ठ २०८२, शुक्रबार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम

काठमाडौँ । फेसबुकमा रिक्वेस्ट पठाएर ‘हनी ट्रयाप’को जालोमा फसाउने दुई युवती पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा कैलालीको गोदावरी नगरपालिका-१० दमौरा घर भई काठमाडौँ महानगरपालिका-५ कालोपुल बस्ने ३४ वर्षीया ममता तामाङ र भक्तपुरको भक्तपुर नगरपालिका-१७ सल्लाघारी घर भइ काठमाडौँ हाँडिगाउँ बस्ने ३४ वर्षकै आँचल श्रेष्ठ भनिने आँचल चौगुठी रहेकी छिन् । 

उनीहरुलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले हनुमानस्थानबाट पक्राउ गरेको हो । उनीहरुले फेसबुकमा साथी बनेर ‘ट्र्याप’ मा पार्ने र आपराधिक लाभका लागि ब्ल्याकमेल गर्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । 

अब बुझौँ कसरी खुल्यो पोल ? 
काठमाडौँका बिनय गौतम (नाम परिवर्तन) सरकारी कर्मचारी हुन् । ५६ वर्षीय गौतमलाई गत चैतमा ‘टिकटक गर्ल’ नामको आईडीबाट फेसबुकमा ‘फ्रेन्ड रिक्वेस्ट’ आयो । प्रोफाइलमा सुन्दर युवतीको फोटो देखेपछि गौतमले उक्त ‘रिक्वेस्ट’ एक्सेप्ट गरे । रिक्वेस्ट एक्सेप्ट गरेको करिब एक हप्तासम्म दुवै पक्षबीच कुनै संवाद हुँदैन । पछि ‘टिकटक गर्ल’ नामको उक्त आइडीबाट गौतमलाई ‘हाई’ भन्दै मेसेज आउँछ । गौतमले तुरुन्तै ‘हेल्लो’ भन्दै रिप्लाई गर्छन् । त्यसपछि उनीहरुबीच थप कुराकानी हुन्छ । 

केही समय सामान्य कुराकानी गरेका उनीहरु बिस्तारै एकअर्काप्रति आकर्षित हुन्छन् र गफगाफको सीमा ‘हाई-हेल्लो’ हुँदै भेटघाटसम्म पुग्छ । 

त्यहीबीच ती युवतीले गौतमलाई ‘कफी डेट’का लागि प्रस्ताव राख्छिन् । हेर्नमा राम्री, कुरा पनि राम्रै गर्ने युवतीले ‘कफी डेट’का लागि प्रस्ताव राखेपछि गौतमले ती युवतीको प्रस्ताव स्वीकार्छन् र ठमेलमा भेट भएर सँगै कफी पिउँछन् । गफ गर्छन् र अर्कोपटक फेरि भेटिने बाचा गर्दै छुट्टिन्छन् । 

उनीहरुबीच गफगाफ झनै बाक्लो हुन्छ । त्यहीबीच ती युवतीले गौतमलाई फेरि ‘डिनर डेट’का लागि प्रस्ताव राख्छिन् । गौतमले सहजै स्वीकार गर्छन् र उनीहरु ठमेलको एक रेष्टुरेन्टमा भेट हुन्छन् । भेटमा उनीहरुले मदिरा पनि पिउँछन् । ‘टिकटक गर्ल’ बनेर आएका दुई युवतीले थोरै पिउँछन्, गौतमलाई धेरै पिलाउँछन् । पिउँदा पिउँदै मदिराले मातेपछि ती युवतीहरुले गौतमलाई होटलको कोठामा लैजान्छन् । गौतमसँग नग्न तस्विरहरु खिचाउँछन् र होटलबाट बाहिरिन्छन् । मदिराले अचेत बनेका गौतम होस् आउँदा उनी होटलको कोठामा एक्लै हुन्छन् । नसाले छोडेपछि उनी घर फर्किन्छन् । 

त्यसको करिब १० दिनसम्म ती युवती र गौतमबीच कुनै संवाद हुँदैन । त्यसपछि भने गौतमलाई फेरि नयाँ आईडीबाट रिस्वेस्ट आउँछ, गौतमले एक्सेप्ट गर्छन् । साथी बनेको केही बेरमै गौतमको मेसेन्जरमा नग्न फोटो र भिडियोहरु आउन थाल्छ । भिडियो र फोटोमा आफूलाई युवतीसँग नग्न अवस्थामा देखेपछि उनी छाँगाबाट खसेजस्तै हुन्छन् । त्यसपछि ती युवतीले गौतमलाई ‘ब्ल्याकमेलिङ’ गर्न सुरु गर्छन् । काठमाडौँमा एउटा घर, नभए चार आना जग्गाको डिमान्ड गर्छन् । नदिए मिडिया लिएर प्रहरीमा जाने र बलात्कारमा केस हालेर फसाउने धम्की दिन्छन् । 

यसरी ती युवती र गौतमबीच बार्गेनिङ चलिरहेका बेला उक्त बार्गेनिङमा दुई पुरुषको इन्ट्री हुन्छ । उनीहरुले पनि गौतमलाई धम्काउने र मिलाउन खोजेको नाटक गर्छन् । हदै भएपछि गौतम प्रहरीमा पुग्छन् । उनले आफूसँग भएको सबै घटनाको विवरण प्रहरीमा सुनाउँछन् र प्रहरीकै योजनामा ती युवतीलाई पाँच लाख दिने र अरु रकम पछि दिने सहमति गर्छन् । पाँच लाखको चेक दिने सहमतिपछि उनीहरु हनुमानस्थानमा भेट हुन्छन् र गौतमले ती युवतीलाई प्राइम कमर्सियल बैंकको ५ लाखको चेक दिन्छन् । त्यही बेला काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले टोलीले दुई युवतीलाई पक्राउ गर्छ । 

हाल गौतमले दिएको पाँच लाखको चेक बरामद गरेर प्रहरीले दुई युवतीमाथि थप अनुसन्धान अघि बढाएको छ । उनीहरुले हनी टर्यापमा पारेर रकम असुल्ने उद्धेश्य बनाएको प्रहरी अनुसन्धानबाट खुलेको छ । यतिसम्म की पक्राउ परेकामध्ये आँचल विवाहित महिला भएको र सम्बन्धविच्छेद गरेर बसेकी महिला भएको पन अनुसन्धानबाट खुलेको छ । प्रहरीले उक्त ‘हनी टर्याप’मा संलग्न अन्यको पनि खोजी गरिरहेको छ । हाल पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर भद्रकाली, काठमाडौँ पठाइएको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी