×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बजेटमार्फत वृद्धभत्ता पाउने उमेर ७० वर्ष पुर्याइँदै

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

बजेटमार्फत वृद्धभत्ता पाउने उमेर ७० वर्ष पुर्याइँदै

Artha Sarokar

९ जेष्ठ २०८२, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । सरकारले वृद्धभत्ता पाउने उमेर बढाउने भएको छ । उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग २०८१ का सुझाव कार्यान्वयनका लागि तयार गरेको कार्ययोजना मन्त्रिपरिषद्‍बाट स्वीकृत भएको हो । सो कार्ययोजनामा बृद्धभत्ता पाउने उमेर ७० वर्ष कायम गर्ने उल्लेख छ ।

योसँगै आगामी बजेटबाट ७० वर्ष पुगेकाले मात्रै वृद्धभत्ता पाउने भएका छन् । त्यस्तै, वृद्धभत्ता पाउन राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने समेत कार्ययोजनामा उल्लेख छ ।

हाल नेपालमा ६८ वर्ष पूरा भएका सबै नागरिकले मासिक ४ हजार रुपैयाँ वृद्धभत्ता पाउँदै आएका छन् ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी