
- अर्थ सरोकार सम्बाददाता
वीरगञ्ज । कोरोना भाइरसका कारण थप २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको धोविनी गाउँपालिका–३ का ७२ वर्षीय पुरुष र बाराको सुवर्ण गाउँपालिका–४ हर्दिया बस्ने २३ वर्षीया महिला हुन् । 
योसँगै वीरगञ्जमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४४ पुगेको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट १ सय ५० बढीको ज्यान गइसकेको छ । यस्तै संक्रमितको संख्या पनि तिब्र गतिमा बढिरहेको  छ । 





 
                     
						







