×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मोरङका ६ पालिकामा थप एक साता लकडाउन, बैंक तथा वित्तीय संस्था खुल्ला हुने

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

मोरङका ६ पालिकामा थप एक साता लकडाउन, बैंक तथा वित्तीय संस्था खुल्ला हुने

Artha Sarokar

१० भाद्र २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । भारतसँग सिमाना जोडिएका  मोरङको दक्षिणी क्षेत्रका ६ वटा पालिकाले थप एक साता लकडाउनको समय बढाएका छन् । कोरोना संक्रमणको अति जोखिममा रहेका भारतसँग सिमाना जोडिएका  तीन नगरपालिका र तीन गाउँपालिकाको बुधबार रंगेलीमा बसेको संयुक्त बैठकले थप एक साता लकडाउन बढाउने निर्णय गरेको हो । 
बैठकमा कोरोना भाइरस संक्रमण रोकथाम गर्न १७ भदौसम्म लकडाउन थप्ने सहमति भएको रतुवामाई नगरपालिकाका प्रमुख रविन राईले बताए । यसअघि दक्षिण क्षेत्रका पालिकाहरूले संयुक्त बैठक गरी तीन हप्ताअघि सबै पालिकाले लकडाउन घोषणा गरेका थिए । सहमतिअनुसार थपिएको लकडाउनको समयमा बिहान ६ देखि १२ बजेसम्म सुरक्षा सतर्कता अपनाएर बैंक तथा वित्तीय संस्था खोल्न र अत्यावश्यक कारोबार गर्न पाइनेछ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी