Skip to content
LAXMI SUNRISE BANK

दुई निर्माण कम्पनीलाई सरकारले कालोसूचीमा राख्यो, सार्वजनिक निकायको खरिद कारवाहीमा भाग लिन रोक !

अर्थ सरोकार

काठमाडौँ। सरकारले दुई वटा निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले एक सूचना जारी गर्दै दुई वटा निर्माण कम्पनीहरुलाई कालोसूचीमा राखेको जनाएको हो ।

सरकारले मारुशिन शिताका कन्स्ट्रक्सन कम्पनीलाई दुई वर्षसम्मका लागि कालोसूचीमा राखेको छ । यो कम्पनीको मुख्य कार्यालय जापानको टोयामा प्रिफेक्चरमा रहेको छ भने नेपाल कार्यालय काठमाडौँ ३, बाँसबारी पीपल बोटमा रहेको छ।

यता पीएच-एसएमएनएस जेभी कम्पनीलाई पनि तीन वर्षसम्मका लागि कालोसूचीमा राखेको छ। उक्त कम्पनीका कार्यालयहरू इटहरीको गंगा मार्ग र काठमाडौँको कोटेश्वरमा छन्।

सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम ती निर्माण कम्पनीलाई कालो सूचीमा राखिएको सूचनामा उल्लेख छ। सूचनासहित:

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK