Skip to content
LAXMI SUNRISE BANK

पूर्व गभर्नर अधिकारीले भने- ‘मौद्रिक नीति अरुलाई खुसी पार्ने होइन, काम गर्ने खालको हुनुपर्छ’

अर्थ सरोकार

काठमाडौँ । नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर महाप्रसाद अधिकारीले राष्ट्र बैंकले सार्वजनिक गर्ने मौद्रिक नीति मुलुकको आवश्यकता अनुसार काम गर्ने खालको हुनुपर्ने बताएका छन् । काठमाडौँमा आयोजित ‘प्रि मनिटरी पोलिसी डिस्कसन’ कार्यक्रममा बोल्दै अधिकारीले यस्तो बताएका हुन् ।

अरुलाई खुसी पार्ने नीति ल्याउँदा कार्यान्वयन गर्न कठिनाइ हुने र दिगो नहुने भन्दै पूर्व गभर्नर अधिकारीले मौद्रिक नीति काम गर्ने खालको हुनुपर्नेमा जोड दिएका छन् ।

उनले नेपालको मौद्रिक नीति अरु भन्दा भिन्नै र महत्वपूर्ण भएकाले पनि मौद्रिक नीति तथ्यपरक र मुलुकको वर्तमान आवश्यकतालाई ध्यानमा राखेर आउनुपर्ने बताएका छन् । 

त्यस्तै, पूर्व गभर्नर अधिकारीले राष्ट्र बैंक र अर्थ मन्त्रालय, अर्थमन्त्री र गभर्नरबीच ट्युनिङ मिलेन वा मिल्दैन भन्ने कुरामा कुनै सत्यता नभएको भन्दै आफ्नो पालामा पनि गभर्नर र अर्थमन्त्रीबीच राम्रो समन्वय भएको बताएका छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK