Skip to content
LAXMI SUNRISE BANK

कञ्चनपुरका पाँच सय ५६ जनाले जिते कोरोनालाई, अस्पतालबाट भए डिस्चार्ज

अर्थ सरोकार

कञ्चनपुर ‌। कञ्चनपुरका पाँच सय ५६ जना कोरोना संक्रमित उपचार पछि निको भएर घर फर्किएका छन् । ​हालसम्म पाँच सय एक पुरुष र एक सय ३७ जना महिना निको भएर घर फर्किएको जनस्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख शिवराज सुनारले जनाएका हुन् ।
महाकाली अस्पतालको आइसोलेसनबाट एक सय २३ पुरुष र ३३ महिला उपचारपछि घर फर्किएका छन् ‌। महाकाली नगरपालिकाबाट ३८ पुरुष, १४ महिला, भीमदत्त नगरपालिकाबाट ५० पुरुष १३ महिला, बेदकोट नगरपालिकाबाट ४५ पुरुष, १२ महिला र शुक्लाफाँटा नगरपालिकाबाट ५३ पुरुष, १८ महिला निको भै घर फिर्ता भएका हुन् ‌।‌ 
​यसैगरी, कृष्णपुर नगरपालिकाबाट एक सय ३८ पुरुष, २९ महिला, पुर्नवास नगरपालिकाबाट ६३ पुरुष, ९ महिला, बेलौरी नगरपालिकाबाट ४२ पुरुष, ८ महिला, लालझाडी गाउँपालिकाबाट १८ पुरुष, ३ महिला र बेलडाँडी गाउँपालिकाबाट २६ जना पुरुष स्थानीय तहले सञ्चालन गरेको आइसोलेसनमा बसेर निको भै घर फिर्ता भएका छन्‌ । ​कोरोनाको संक्रमणमुक्त हुनेमा तीन जना स्वास्थ्यकर्मी, एक जना बैंकका कर्मचारी, तीन जना सुरक्षाकर्मी समेत रहेका छन् ‌। 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK